पथरीशनिश्चरे/ पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको आजको खेलमा शिखर एफसी विरुद्ध टेन नवोदयले १-० अन्तरले गोल गर्दै ७ अंक जोडेको छ।प्रिमियर लिग-०७८ अन्तर्गत बिहीबार भएको खेलमा शिखर एफसीविरुद्ध टेन नवोदयले १ को विरुद्ध ० गोल गर्दै आफ्नो टिमलाई विजयी तुल्याएको हो ।

खेलको दोस्रो हाफको २९ औं मिनेटमा टेन नवोदयका जसी ७ का सविना लिम्बु शिखर एफसीका खेलाडीले लगाएपछि पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै जर्सी नं २३ मीन धिमालले हानेको बलले नेट चुम्दै आफ्नो टिमलाई विजयी तुल्याएको थियो।

यो जीतसंगैं टेन नवोदय एफसीको ७ अंक पुगेको छ भने आजको खेलमा पराजित शिखर एफसीले यस अघिका खेलमा ६अंक जोडेको थियो । म्यान अफ दि म्याच टेन नवोदय एफसीका मीन धिमाल घोषित भएका थिए। उनलाई नगद ३ हजार रुपैयाँ सहित मेडल र ट्रफीद्वारा पुरस्कृत गरिएको थियो।भोलिको खेल लाई जी एफसी र वाई एफ सी विच हुने आयोजकले जनाएको छ।

Facebook Comments Box