दमक/दमक ८ स्थित रोजियट बोर्डिङ स्कूलका बालबालिकाहरुलाई अतिरिक्त ज्ञान दिने उद्धेश्यले विभिन्न किसिमका सीपमुलक अभ्यास गराइएको छ ।
स्कूलले बालबालिकाहरुलाई व्यवहारिक ज्ञान दिन दुना, टपरी बुन्ने, बाती कात्ने, कपडा सिलाउने लगायतका सीपहरुको अभ्यास गराईएको हो ।
परम्परा र संस्कार, संस्कृतिसंग जोडिएका पूजाआजामा प्रयोग गर्न सकिने दुना टपरी, बाती आदी बनाउन सिकाईएको बिद्यालयका निर्देशक सूर्य बहादुर कटुवालले जानकारी दिए ।
बालबालिकाहरुलाई कोरा किताबी ज्ञानका अतिरिक्त समाजमा उपयोगी अन्य बिषयमा समेत जानकारी होस भन्ने उद्धेश्यले बिद्यालयले सातामा एक दिन फरक फरक अतिरिक्त कृयाकलाप सञ्चालन गर्ने गरिएको बिद्यालयकी बिद्यालयकी सञ्चालक समिति अध्यक्ष रेगिना भट्टराईले बताइन । उनले कक्षा ५ भन्दा माथिका बिद्यार्थीहरुलाई त्यस किसिमका कृयाकलापमा सहभागी गराउने गरिएको पनि बताइन ।

