एडभान्स हस्पिटलमा मेरुदण्डको उपचारका लागि छुट्टै युनिट

Author Nishkarsha News
२०७८ फाल्गुन २७, शुक्रबार १७:१२

दमक/दमक ७ स्थित एड्भान्स मल्टी स्पेशियालिटी हस्पिटलले छुट्टै स्पाईन केयर युनिट सञ्चालमा ल्याएको छ । मेरुदण्ड रोग बिशेषज्ञ प्राध्यापक डाक्टर गौरबराज ढकालको प्रत्यक्ष निगरानीमा रहने गरि सो हस्पिटलमा सो सम्बन्धिको विशेष केयर युनिट सुरु गरिएको अस्पतालले जनाएको छ ।
अस्पताल सञ्चालक समिति सदस्य दिपक खरेलको अध्यक्षता र दमक नगरपालिका स्वास्थ्य अधिकृत नगेन्द्र भट्टराईको बिशेष उपस्थितिमा सो केयर युनिटको आज ( शुुक्रबार)देखि विधिवत सुरुवात गरिएको सञ्चालक चैतन्य बरालले जानकारी दिए । एड्भान्स अस्पतालका हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डा. अनुप पोखरेलले मेरुदण्ड रोग बिशेषज्ञ डा. ढकाल संगको समन्वयमा स्पाईन सम्बन्धि समस्या भएका बिरामीको उपचार गरिने व्यवस्था मिलाईएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. बिकास सुवेदीले जानकारी दिए । अब ढाड, कम्मर, गर्धन दुख्ने तथा ढाडको नशा च्यापिएका बिरामीको सहज ढंगबाट उपचार हुने उनले बताए । तत्काल केयर युनिट सञ्चालन गरिएको भए पनि केहि समय भित्रमै एड्भान्स अस्पतालमा अप्रेसन थिएटरसहित स्पाईनको सबै उपचार गर्ने तयारी भइरहेको डा. सुबेदीले बताए ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्