दमक/झापाको मेचीनगर ५ पिपलडाँडाकी एक बृद्धाको मृत्यु बिषयमा अनुसन्धन गर्न प्रहरीले कुकुर परिचालन गरेको छ ।

हिजो बुधबार करिब ४ बजे घाँस काटन निस्किएकी ६८ बर्षिया अम्बिका कुँवर राती पौने ८ बजे बाँझो खेतमा मृत अवस्थामा भेटिएकी थिइन ।  घरबाट २०० मिटर नजिकै उनका पति जगत कुँवरले उनलाई मृत फेला पारेका थिए । उनको शरिरमा निल डाम र हँसियाले अनुहारका विभिन्न भागमा काटेको समेत देखिएका कारण उनको हत्या भएको हुन सक्ने आंशकामा जिल्ला प्रहरी कार्यालय झापाले सुक्ष्म अनुसन्धानका लागि धरानस्थित नेपाल प्रहरीको कुकुर शाखाबाट २ वटा कुकुर र सोही संघीय प्रहरी इकाई धरानबाट प्रहरी नायव निरिक्षक नेतृत्वको पाँच सदस्यीय प्रहरी टोली परिचालन गरेको गरेको हो ।

घटनाको अनुसन्धानको क्रममा मेचीनगर ५ का २७ बर्षिय रण बहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि अदालतबाट म्याद थपको आदेश लिएको पनि जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Facebook Comments Box