दमक/मोटरसाईकल चोरीमा संलग्न भारतीय नागरिक सहितको एउटा गिरोहनै पक्राउ परेको छ । भारतीय नागरिकसहित ६ जनालाई जिल्ला प्रहरी झापाले सार्वजानिक गरेको छ ।
सार्वजनिक गरिएकाहरुमा भद्रपुर नगरपालिका–७ का २१ बर्षीय प्रकाश सहनी, २४ बर्षीय प्रकाश दर्जी, २१ बर्षीय दिपक उराव, २२ बर्षीय दिपेश राजवंशी, भद्रपुर नगरपालिका–१ का ३० बर्षीय बिर्ख लिम्बु र भारत किसनगञ्जका १९ बर्षीय महम्मद समिम रहेका छन् । झापाका बिभिन्न ठाउँमा मोटरसाईकल चोरीको घटना उनीहरुको संलग्नता रहेको प्रहरीको दाबी छ । उनीहरु मध्ये प्रकाश सहनी मोटरसाईकल चोरी गरी बिक्री बितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ परेका थिए । सहनीले दिएको बयानका आधारमा चोरीमा संलग्न अन्य पाँच जनालाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुसंगै चोरीका ७ थान मोटरसाईकल समेत बरामद भएको कार्यालयले जनाएको छ । उनीहरुका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box