दमक/ झापाका दुई अलग अलग ठाउँबाट लागुऔषधसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विर्तामोडस्थित पुर्ब पश्चिम राजमार्ग अन्तर्गत बसपार्क नजिकै पूर्बबाट पश्चिम आउदै गरेको प्रदेश १–०१–००२ह १०१ नम्बरको अटो ट्याम्पोको सिट मुनि लुकाएको अवस्थामा लागुऔषध लुपिजेसिक २०० एम्पुल, एबट २०० एम्पुल , डाईजेपाम २०० एम्पुल र नाईट्राभेट ३०० ट्याब्लेटसहित अटो चालक भद्रपुर १ का २३ बर्षिय सुमन मिश्र, अटोमा सवार सोही ठाउँका २७ बर्षिय युगल खत्री र २४ बर्षिय शंकर लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यसैगरी भद्रपुर ५ नयाँ बजार र मेची पुल बाट वडा प्रहरी कार्यालय भद्रपुर र सशस्त्र प्रहरी बलको बि.ओ.पी.भद्रपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले चार जनालाई प्रतिबन्धित लागुऔषधसहित समातेको छ ।
समातिनेहरुमा बारा निजगढ ९ का २६ बर्षिय प्रकाश खुलाल र बझाङ सुर्मा गाउँपालिका वडा नं. ३ का २२ बर्षिय संजय बोहरा, बिर्तामोड ९ गरामनीका धनसिंह राजवंशी र रोशन शिवा रहेका छन । उनीहरुबाट समेत उस्तै प्रकृतिका विभिन्न प्रतिबन्धित लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा जिल्ला अदालतबाट ७ दिनको म्याद थपको आदेश लिएर प्रहरीले उनीहरु सबैमाथि थप अनुसन्धान अघि बढाएको छ ।