चिठठा परेको भन्दै ठगी गर्ने रंगेलीका मण्डल पक्राउ

Author Nishkarsha News
२०७८ फाल्गुन २५, बुधबार १८:२८

दमक/ चिठठा परेको भन्दै ठगी गर्ने मोरङको रंगेली ६ का एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

२५ लाख रुपैयाँको चिट्ठा परेको भन्दै मोबाइल वालेटको ओटीपी (वान टाइम पासवर्ड) मागेर ठगी गर्ने रंगेली नगरपालिका –६ का २० वर्षीय धिरेन कुमार मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं बस्दै आएका मण्डलले आफू खल्ती, इसेवाजस्ता मोबाइल वालेटको कर्मचारी भएको भन्दै ओटीपी कोड माग्ने र रकम ट्रान्सफर गरी ठगी गरेको पाइएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।

सामाजिक संजाल ह्वाटस् एप, इमो र फेसबुकको समेत दुरुपयोग गरी उनले ठगी गरेको प्रहरीको भनाइ छ । विभिन्न आईडीहरुबाट उनले २ लाख १ हजार रुपैयाँ ठगी गरेको देखिएको महाशाखाले जानकारी दिएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्