
अर्घाखाँची : सन्धिखर्क नगारपालिका–७ सुपादेउराली मोडमा बिहीबार बिहान जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ। ४ जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा अर्घाखाँची भुमिकास्थान ३ धारापानीका जिप चालक ५५ वर्षीय सुमन्त भुसाल र मालारानी ३ गुनाखर्कका ३७ वर्षीय रुद्रप्रसाद भुसाल छन् भने अन्य एकजनाको शनाखत हुन सकेको छैन। अरू दुईजनाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय सन्धिखर्कले जनाएको छ। दुईजनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा मृत्यु भएको हो।
घाइतेहरु चारै जना गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये एकजनालाई आफन्तले प्राथमिक उपचारपछि बुटवल लगिसकेको र बाँकी ३ जनालाई पनि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। कपिलवस्तुको कृष्णनगरबाट सन्धिखर्क जाँदै गरेको लु१ज १३२९ नम्बरको जिप सडकबाट झन्डै ३ सय मिटर तल भिरबाट खसेर दुर्घटना ग्रस्त भएको हो।