दमक/ दमकमा जारी प्रथप दमक कप राष्ट्रिय महिला भलिवल प्रतियोगितामा विभागीय टोली त्रिभूवन आर्मी र न्यू डायमण्ड क्लव काठमाण्डौं फाइनल प्रवेश गरेका छन् ।


प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा आर्मीले नेपाल प्रहरीलाई वेष्ट अफ फाइभमा हराउँदै फाइनलमा प्रवेश गरेको हो । यस्तै शसस्त्र प्रहरीलाई सोझो ३ सेटमा हराउँदै न्यू डायमण्ड फाइनलमा प्रवेश गरेको हो ।
११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर दमक नगरपालिका खेलकुद समितिले आयोजना गरेको सो प्रतियोगिताको भोलि ( सोमबार) तेस्रो स्थान छनौटका लागि विभागीय टोली नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच खेल हुने जनाइएको छ ।
यस्तै फाइनल खेल भोली (सोमबार)नै आर्मी र न्यू डायमण्डबीच हुने आयोजकले जनाएको छ । आजको खेलमा विजयी टीमका न्यूडामण्ड स्पोर्ट एकाडेमीको जर्सी नम्बर १४ की प्रगती नाथ र विभागीय टीम त्रिभूवन आर्मीको जर्सी नम्बर ११ की संगम महत्तोले प्लेयर अफ द म्याचको पुरस्कार प्राप्त गरेका छन् । खेलमा प्रथम हुनेले २ लाख र द्धितीयले १ लाख नगद पाउने छन् भने तेस्रो हुनेले ५० हजार र सान्तवना हुने टीमले २५ हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगितामा हिजो आइतबार संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बुको प्रमुख आतिथ्य रहेको थियो भने आज (सोमबार) राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालको प्रमुख आतिथ्य रहेको थियो ।
महिलाको खेल क्षेत्रमा विकास गर्न दमक नगरपालिकाले मात्र ८ लाख रुपैयाँ नगद उपलव्ध गराएको जनाइएको छ ।

 

Facebook Comments Box