दमक/ झापाको क्षेत्र नं ४ का प्रतिनिधी सभा सदस्य एल.पि साँवा लिम्बुले आफनो निर्वाचन क्षेत्रमा पर्ने पर्यटकीयस्थल दोमुखामा आगलागीबाट क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि ५१ हजार रुपैयाँ प्रदान गरेका छन । दोमुखास्थित आगलागीबाट क्षतिग्रस्त पर्यटकीय भवन निर्माण अभियानको शुभारम्भ कार्यक्रममार्फत आइतबार उनले सो सहयोग रकम प्रदान गरेका हुन । उनले क्षतिग्रस्त पर्यटकीयस्थल पुननिर्माणका लागि विभिन्न निकायको ध्यानाकर्षण गराउँदै थप सहयोगको समेत प्रतिबद्धता जनाएका छन । सो पर्यटकीयस्थल पुननिर्माणको नेकपा एमाले शिवसताक्षी वडा नं १० को वडा कमिटीले नेतृत्व लिएको जनाइएको छ । करिब दुई साता अघि दोमुखास्थित दोमुखा पर्यटन बोर्डले बनाएको १० कोठाको एक तले भवनमा बिजुली सर्ट भएर अचनाक आगलागी हुदा सोहि भवनमा भाडामा बस्दै आएका तथा होटल सञ्चालन गर्दै आएका सर्वसाधारणले समेत ठुलो क्षति ब्यहोर्नु परेको थियो । आगलागीमा ४३ बर्षिया बालिका भण्डारी र छोरी १४ बर्षिया अस्मिता भण्डारी जलेर घाईते भएका थिए । उनीहरु उपचाररत छन । सो भवनमा हरी भण्डारी, जय थपलिया, किशोर पुङ्थेवा, र डम्बर मगरले होटल सञ्चालन गर्दै आएका थिए ।
