दमक/पाँचथरको मिक्लाजुङ १ स्थायी घर भई इटहरीमा बस्दै आएकी ३९ बर्षिया सुमित्रा तामाङको बलात्कारपछि भएको हत्याको घटनाका एक जना संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ ।
धरान उपमहानगरपालिका–१८ मा रहेको न्यु कान्तिपुर होटल एण्ड लजको १०९ नम्बर कोठामा फाल्गुन १७ गते मृत फेला परेकी महिलालाई बलात्कारपछि हत्या गरेको आरोपमा पाख्रीवास नगरपालिका–६ धनकुटाका २४ बर्षीय जिवन भनिने बिनेश रानालाई पक्राउ गरेको हो ।
फाल्गुन १७ गते बिहान ७ बजे होटलको कोठामा मृत भेटिएकी उनका बिषयमा जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सुक्ष्म अनुसन्धान शुरु गरेको थियो ।

Facebook Comments Box