मोरङ/  मोरङको जहदा गाउँपालिका ४ लोहन्द्रा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका १८ बर्षीय उपेन्द्र यादव रहेका छन् । आज दिउँसो २ बजे माछा मार्न गएका यादव पानीमा डुबेको स्थानीयले देखेर उद्धार गरेका थिए । उनलाई उपचारका लागि कोशी अस्पताल लगिएकोमा उपचारको क्रममा ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Facebook Comments Box