दमक/प्रजातान्त्रिक आन्दोलनका सेनानी स्व.मुगाधन राईको १६ औं स्मृति दिवसमा आज ( आइतबार) भलिबल खेलाडीहरुलाई ट्रयाकसुट ( पोशाक) प्रदान गरिएको छ ।
मुगाधन कृष्णकुमारी राई स्मृति प्रतिष्ठानको आयोजना भएको कार्यक्रमका बीच राष्ट्रिय महिला भलिबल खेलाडीहरुलाई ट्रयाक सुट वितरण गरिएको हो । प्रतिष्ठानकी अध्यक्ष समेत रहेकी कांग्रेसकी संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बुको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वर्गीय मुगाधनका नाती रेश्वन राईद्धारा सौजन्य गरिएका ट्रयाक सुट वितरण गरिएको प्रतिष्ठानका सचिव पर्शुराम रिजालले जानकारी दिए । राई बेलायतमा बक्सिङ खेलाडी हुन ।
सो अवसरमा परिवारको तर्फबाट स्व. मुगाधन राईकी बुहारी सवनम राई, छोरा रन्जन राई,नाती बिजय सुव्वा लगायत नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि सुरेश सुब्बा ,महाधिवेशन प्रतिनिधि रमा लिम्बु ,नगर सभापति प्रकास प्रसाई, दमक १ का वडा सभापति गजेन्द्र देवान, अन्तराष्ट्रिय खेलाडी शैलेन्द्र श्रेष्ठ लगायत सहभागी थिए ।
