दमक/ होटल व्यवसायी संघ क्षेत्रीय समिति दमकको १३औ बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । इलामको पर्यटकीय क्षेत्र चपेटी मा आज भएको बनभोज तथा साधारणसभाले नया कार्य समिति चयन गरेको हो ।
योगराज दङ्गालको अध्यक्षतामा २३ सदस्य समिति गठन गरिएको छ। बरिस्ठ उपाध्यक्षमा मदन ढकाल ,उपाध्यक्षमा कुमार गौतम, महासचिवमा भुपेन्द्र प्रसाद न्यौपाने, सचिबमा कुमार खनाल , सह सचिबमा मिन कुमार पुरी , कोषाध्यक्षमा भरत राज दाहाल , सह कोषाध्यक्षमा दिपक फुयाल लगायत २३ सदस्यीय कार्य समिति गठन गरिएको छ। होटल ब्यवसायी संघ प्रदेस एकका अध्यक्ष राजन दङ्गालको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो । 