दमक/ नेपाल–भारत मैत्री संघ उपशाखा दमकको नयाँ नेतृत्व चयन गरिएको छ । संघका उपाशाखा सभापति राजेन्द्र कुमार अग्रवाल ( राजु)को को प्रमुख आतिथ्य र सभापति लिला गुरागाइँको अध्यक्षतामा आज शनिबार सम्पन्न संघको बार्षिक साधारणसभाले मुकुन्द उप्रेतीको सभापतित्वमा संघको उपशाखा नेतृत्व सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमितिको उपसभापतिमा दिनेश अग्रवाल, सचिवमा भगवान बस्नेत, सहसचिवमा सन्जिब बराल र कोषाध्यक्ष रुद्र गौतम चुनिएका छन् । त्यसैगरी सदस्यहरुमा रमेश अधिकारी,गोपाल गुरागाई, चन्द्र खत्री ,बिमल शर्मा,घनश्याम खनाल,मुकेश अग्रवाल र ज्योति प्रसाईं चुनिएका छन् । साधारण सभामा संघको आर्थिक तथा सांगठानिक प्रतिवेदन पारित गरिएको थियो ।

Facebook Comments Box