दमक/ पेट्रोलियम पदार्थको लगातार भईरहेको मुल्यवृद्धीप्रति उपभोक्ता हित संरक्षण मञ्चले आपत्ती जनाएको छ । मञ्चका दमक अध्यक्ष डाक्टर नविन चापागाँई र सचिव गोपाल झापालीले विज्ञप्ति जारी गर्दै हालै गरिएको मुल्यवृद्धी फिर्ता लिन र उपभोक्तालाई राहतका कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन ।
पेट्रोलियम पदार्थमा मुल्यवृद्धी हुँदा यसले समग्र बजारलाईनै प्रभाव पार्ने र अन्य वस्तुको पनि मुल्यवृद्धी हुने भएकाले उपभोक्ता लगातार मारमा पर्दै आएको विज्ञप्तिमा उल्लेख छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको थियो । खाना पकाउने ग्यासको मुल्य भने बढेको छैन । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकैपटकमा ५ रुपैयाँका दरले मुल्य बढाएको हो ।

 

Facebook Comments Box