इटहरी/ इटहरी उपमहानगरपालिका–६ स्थित अटो सिटि बजाज सोरुमले प्रहरीलाई बिद्युतिय अटो हस्तान्तरण गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरुप सोरुमका प्रवन्धक प्रदिप सन्थालियाले ९ सिट क्षमता भएको एउटा बिद्युतिय अटो १ नम्वर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.लाई हस्तान्तरण गरेका हुन । सो इलेक्ट्रोनिक अटो इलाका प्रहरी कार्यलय इटहरीमा रहने र प्रहरी गस्ति पेट्रोलिङमा सहजता पुग्ने बताइएको छ । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सञ्जयसिंह थापा, १ नम्वर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बासुदेव खतिवडा, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box