दमक/दमकको चियाबगानबाट चुलाचुलीको पेल्टीमारी जाने भन्दै टेम्पोमा चढेकी एक महिलाले आज बिहान एक्कासी खोलामा हाम्फाल्दा घाईते भएकी छिन ।
प्रहरीका अनुसा बिहान करिब साढे ७ बजेतिर कमल ७ का जिवन लिम्बुकी श्रीमति बर्ष ३७ की चिन्तन तुम्बापोले साथमा रहेको ८ महिनाको छोरालाई टेम्पोमानै छोडेर एक्कासी रतुवा खोलाको पूल मुनि हाम्फाल्दा घाईते भएकी हुन । उनी दमकको चियाबगानबाट टेम्पो भाडामा लिएर चुलाचुलीको पेल्टीमारी जान भनि हिंडेकी थिइन । पूलमा पुगेपछि एकैछिन टेम्पो रोक्न भनेर ओर्लिएकी उनले किन खोलामा हाम्फालेकी हुन ? भन्ने बिषयमा अनुसन्धान भइरहेको छ । उनलाई तत्कालै घटनास्थलबाट स्थानीयको सहयोगमा उद्धार गरी दमक अस्पतालमा उपचारका लागि भर्ना गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

 

Facebook Comments Box