महिला सशक्तिकरणका लागि तालिम

Author Nishkarsha News
२०७६ असार १९, बिहीबार ०८:२७

दमक/ दमक ८ का महिलाहरुका लागि एक दिने सशक्तिकरण सम्बन्धि तालिम सम्पन्न भएको छ ।

दमक ८ को वडा कार्यालयको आयोजना र दमक जेसीजको संयोजनमा होटल कोरोनेशनको सभाकक्षमा आयोजना गरिएको तालिममा वडाका करीब एक सय महिलाहरु सहभागी थिए ।
बुधबार सञ्चालन गरिएको सो तालिमको उद्घाटन कार्यक्रममा दमक नगरपालिकाकी उप प्रमुख गीता पौडेल (अधिकारी) को प्रमुख आतिथ्य रहेको थियो भने नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष प्रकाश प्रसाद अधिकारीको विशेष आतिथ्य रहेको थियो । तालिममा नेपाल जेसीजकी तालिम प्रशिक्षक मन्जरी घिमिरेलाई सहजीकरण गर्नुभएको थियो । तालिमको औचित्यमाथि दमक जेसीजका अध्यक्ष समेत रहेका वडा नं ८ का वडा सदस्य भीमराज चौलागाइँले प्रकाश पार्नुभएको थियो ।
संविधानमा महिला हक , अधिकारकासंगै क्षमता अभिवृद्धी गर्दै नेतृत्व विकासमा समेत सहयोग पुरयाउने उदेश्यले सो तालिम आयोजना गरिएको वडा नं ८ का वडा सचिव निधी ढुंगेलले जानकारी दिनु भयो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्