सुनसरी/ सुनसरीको गढी गाउँपालिका–६ मा ट्रयाक्टरको ठक्करबाट एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा गढी–६ का ७० बर्षीय हरीलाल मगरदैता रहेका छन । हिजो राती ९ बजे प्रदेश १–०२–००३ त नम्वरको ट्रयाक्टर पछाडि सार्ने क्रममा राज जानकी मन्दिर परिसरमा बसीरहेको अवस्थामा ट्रयाक्टरको डालाले ठक्कर लागि घाईते भएका मगरदैताको उपचारको क्रममा बिराटनगर स्थित बिराटनर्सिङ होम अस्पतालमा मृत्यु भएको । इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।