दमक/ दमकमा क्रियाशील पत्रकार यज्ञराज आङदेम्बे ( बिष्णु सुब्बा) लाई दमकका मोवाइल व्यवसायीहरुले पुरस्कृत गर्ने भएका छन । व्यवसायीहरुको छाता संगठन दमक मोबाइल व्यवसायी संघले स्थापना गरेको पत्रकार प्रोत्साहन पुरस्कार सुब्बालाई प्रदान गर्ने भएको हो । संघको बैठकले पत्रकारिताका क्षेत्रमा लामो समयदेखि कृयाशील सुब्बाले पु¥याएको योगदानको कदर गर्दे पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष भेनस श्रेष्ठले जानकारी दिए । सो पुरस्कार संघको आगामी चैतमा हुने साधारणसभाका अवसरमा प्रदान गरिने निर्णय भएको संघका सहसचिव दिपेश दाहालले बताए ।
पुरस्कारको राशी रु ५ हजार ५ सय ५५ र प्रमाणपत्र रहेको छ । सुब्बा दुई दशक अघिदेखि राष्ट्रिय समाचार समितिमा आवद्ध छन । नेपाल पत्रकार महासंघ प्रदेश १ का कार्यसमिति सदस्य समेत रहेका उनी प्रदेशवाणी डटकम अनलाइन न्यूज पोर्टलका सञ्चालक तथा सम्पादक हुन् ।
