दमक/झापाको शिवसताक्षी १० दोमुखामा बिहिबार राती भएको आगलागीमा जलेर एकै परिवारका आमा छोरी घाईते भएका छन । राती करिब ११ बजे दोमुखास्थित दोमुखा पर्यटन बोर्डले बनाएको १० कोठाको एक तले भवनमा बिजुली सर्ट भएर अचनाक आगलागी हुदा सोहि भवनमा भाडामा बस्दै आएका तथा होटल सञ्चालन गर्दै आएकी ४३ बर्षिया बालिका भण्डारी र छोरी १४ बर्षिया अस्मिता भण्डारी जलेर घाईते भएका हुन । उनीहरुको विर्तासिटी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ । सो भवनमा हरी भण्डारी, जय थपलिया, किशोर पुङ्थेवा, र डम्बर मगरले होटल सञ्चालन गर्दै आएका थिए । त्यस्तै भवनमा रहेको दोमुखा युवा क्लबको कार्यालय समेत आगलागीका कारण जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगलागी दमक , कमल र बिर्तामोडबाट गएको दमकल, प्रहरी र स्थानियको सहयोगमा राती करिब डेढ बजे निभाइएको थियो । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।