महोत्तरी/गाउँका पञ्च भलाद्मीहरुले प्रेम विवाहलाई मान्यता नदिएको कारण महोत्तरीको गौशालामा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेको खुलासा भएको छ ।
हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतकको श्रीमान अमित महतो कोइरी र सर्लाही हरिपूर्वा नगरपालिका–९ बस्ने वर्ष ३४ का प्रमोद राउत छन् । हत्यामा संलग्न अर्का एक जना भने फरार रहेको प्रहरीको भनाइ छ ।
मृतकका श्रीमान् भारत सितामढी घर भई सर्लाहीको मलंगवामा डेरा लिई बस्दै आएका ३७ वर्षीय अमित महतो कोइरीलाई फागुन ६ गते नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।