प्रतिबन्धित औषधीसहित पक्राउ

Author Nishkarsha News
२०७८ फाल्गुन ७, शनिबार ११:१४

सुनसरी/ सुनसरीको धरान उप-महानगरपालिका-५ स्थितबाट प्रतिबन्धित लागु औषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-५ का २८ बर्षीय सुवास राई रहेका छन । हिजो राती ११ बजे  लागुऔषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटि गएको प्रहरी टोलीले राईको सुत्ने कोठामा खानतासी गर्दा स्पासपेन-७४२ ट्यावलेट, ट्रमाडोल-७१४ क्यापसुल र टापेन-४० ट्यावलेट गरी जम्मा १४९६ ट्यावलेट तथा क्याप्सुल बरामद गरेको हो ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्