दमक/ झापाको शिवसताक्षी नगरपालिका–४ मा रहेको एक माछा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । स्थानीय ४९ बर्षीय सन्चरिया ताजपुरियाको डुबेर मृत्यु भएको हो । बुधवार साँझ आफ्नै घर छेउमा रहेको माछा पोखरीमा डुबेका उनलाई तत्काल उद्धार गरेर अस्पताल पुरयाइएको थियो । उनको नोवेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका बिषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । त्यसैगरी सुनसरीको बर्जु गाउँपालिका–१ मा बुधवार राती भएको मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु भएको छ । बुधवार राती साढे ९ बजे बर्जु गाउँपालिका–१ बुक्डरीको भित्री सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको को २८ प ३८०७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय २२ बर्षीय धनिलाल उरावको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

Facebook Comments Box