दमक/  मेलमिलाप समिति प्रवद्र्धन कार्यक्रम अन्तर्गत दमक नगरपालिकाको न्यायीक समिति तथा वडास्तरमा रहेका मेलमिलाप समितिहरुको समिक्षात्मक कार्यक्रम दमकमा सम्पन्न भएको छ ।

दमक नगरपालिका उपप्रमुख तथा न्यायीक समिति संयोजक गीता अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो । प्रदेश १ योजना तथा सुशासन समिति सभापति अर्जुन राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दमक नगरप्रमुख रोमनाथ  ओलीको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा दमक नगरपालिकाका वडाअध्यक्षहरु, मेलमिलाप समिति संयोजक तथा सदस्यहरु, अन्य जनप्रतिनिधी एवम् कर्मचारीहरुको सहभागीता रहेको थियो ।

प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्रको सहजीकरण, द एशिया फाउण्डेशनको सहयोगमा दमक नगरपालिकाले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा न्यायीक समिति तथा मेलमिलाप केन्द्रहरुले साना तिना मनमुटाव, झैझगडा, घरायसी सम्वन्धमा आउने समस्या जस्ता विषयमा महत्वपूर्ण कार्य गरेको कार्यक्रममा बताईएको थियो । यस अघि फागुन १ देखि ३ दिन मेलमिलाप कर्ताहरुलाई पुनर्ताजगी तालिम पनि प्रदान गरिएको प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्रका कार्यक्रम संयोजक चेतन विष्टले जानकारी दिनुभयो । सहभागीहरुलाई विज्ञ संगीता थापा तथा यम ज्योतीले प्रशिक्षण दिनु भएको थियो ।

Facebook Comments Box