दमक/ दमकमा नेपाली काङ्ग्रेसले स्थानीय निर्वाचन लक्षित गतिबिधिहरु बढाएको छ । कांग्रेसले दमकको वडा नं ४ ( साविक वडा नं १६) मा आज (मंगलबार) टोल समिति गठन गरेको छ । पार्टीका झापा क्षेत्र नं ५ अन्तर्गतको प्रदेस सभा निर्वाचन क्षेत्र खका सभापति रवि केसी न्यैपानेको प्रमुख आतिथ्यमा दुर्गा मन्दिर परिसरमा भएको भेलाले त्यहाँँस्थित १६ वटा टोलहरुमा सक्रियता बढाउन टोल समिति गठन गरेको हो ।


भेलाले कृष्णमन्दिर टोल समिति संयोजकमा निर्मला कटुवाल, बुट्टाबारी टोल समिति संयोजकमा खेम प्रसाइँ, सुन्दर टोल संयोजकमा सन्तोष मैनाली, कञ्चन टोल संयोजक प्रेम बिमली, दुर्गा टोल संयोजकमा पदम सापकोटा, तेलपाने टोल संयोजकमा पुजारी धिमाल , उदय टोल संयोजकमा हेम श्रेष्ठ , प्रतिभा टोल संयोजकमा अर्जुन नेपाल, संगम टोल संयोजकमा मुक्तिनाथ न्यौपाने, ताराबारी टोल संयोजकमा गोपाल कार्की, शान्ती टोल संयोजकमा पुण्य प्रसाद ढुंगेल, टुकुरे टोल संयोजकमा धनपती उप्रेती, मंगल टोल संयोजकमा दिपराज अधिकारी, जनचेतना टोल संयोजकमा अशोक धिमाल ,सुनौलो टोल संयोजकमा ढाका प्रसाद अधिकारीलाइ  र नमुना टोल संयोजकमा निता काफलेलाई जिम्मेवारी दिएको छ ।


भेलामा कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईँ र जिल्ला सदस्य राजकुमार गौतमको विशेष आतिथ्य रहेको थियो । वडा सभापति राजेन्द्र सिटौलाको सभापतित्वमा भएको सो भेलामा नगर उपसभापति युवराज खनाल ( सागर) , सचिव दिपेश दाहाल, दमक १० का वडा सभापति घनश्याम खनाल, नेपाल किसान संघका जिल्ला सभापति राजेन्द्र भट्टराई क्षेत्रीय सदस्य सुस्मा चौधरी , वडास्थित पार्टी नेताहरु पुण्य प्रसाद दाहाल ,तेजु धिमाल, राजु मिश्र, सरिता कार्की बिमला रिजाल लगायतको आतिथ्य रहेको थियो । सो वडामा पर्ने साविक दमक ९ को भेला बुधबार डाकिएको कांग्रेस दमक नगर सचिव दिपेश दाहालले जनाएका छन । त्यसैगरी दमकको वडा नं ६ मा पनि सो पार्टीले टोल समिति गठन गरेको छ । पार्टीका वडा सभापति मणिकुमार बुढाथोकीको सभापतित्वमा भएको भेलाले हरि उप्रेती सभापति, रेनुका ओली उपसभापति, दयासागर आचार्य सचिव , देवी खतिवडा सहसचिव र ढुका कुमाल कोषाध्यक्ष रहेको २ नम्बर एरिया टोल समिति गठन गरेको जनाइएको छ । सो समिति १६ सदस्यीय रहेको छ ।

 

Facebook Comments Box