दमक / नेपाली काँग्रेससहित विपक्षी दलहरु दमकको स्थानीय सरकारसंग वडास्तरमा नै समसामयिक बिषयमा अन्तरक्रियामा जुटेका छन । कांग्रेस दमक वडा नम्बर ५ को वडा समितिले आज वडाका जनप्रनिधिहरुसंग अन्तरक्रिया गरेको हो । वडाका विकास निर्माण, त्यसमा भएका ढिलासुस्ती, सडक , टोल विकास संस्थाका समस्या, कृषकले पाउने राहत तथा अनुदान, विद्यालय व्यवस्थापन समिति गठन मा भएको ढिलासुस्ती लगायतको बिषयमा यस अघि कांग्रेस वडा समितिले वडा अध्यक्षसंग ध्यानाकर्षण गराएको थियो । सोहि बिषयमा आज अन्तत्र्रिmया गरिएको कांग्रेस दमक ५ का वडा सभापति चैतन्य बरालले जानकारी दिए ।
वडा अध्यक्ष ईन्द्र गुरुङ्ग, वडा सदस्य सरु परियार सहित वडाका पदाधिकारीसंग कांग्रेस नेता कार्यकर्ताले वडाको बिकास कार्यक्रम प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए । वडा सभापति बरालले वडाको एउटा स्थानमा जननायक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपि कोईरालाको शालिक स्थापनाको लागि माग गरे । कोईराला कांग्रेसको संस्थापक मात्रै नभएर मुलुककै सम्मानित व्यक्ति भएको भन्दै उनले वडाको कुनै एक चौकलाई वीपि चौक नामांकरण गरि कोईरालाको शालिक राख्नु पर्ने माग गरे । वडाअध्यक्ष गुरुङ्गले पनि कोईरालाको शालिक स्थापनाको लागि आफु सकारात्मक भएको बताए ।
कार्यक्रममा विभिन्न टोल तथा क्षेत्रका कांग्रेस नेता तथा कार्यकर्ताहरुले आ अप्mनो क्षेत्रको समस्यावारे वडा अध्यक्ष समक्ष जिज्ञासा राखेका थिए भने वडाअध्यक्ष गुरुङ्गले आफुले यस अघि पनि वडा भित्रका काममा सबै दलसंग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि छलफल गरेरै अघि बढ्ने प्रतिबद्धता जनाए । कार्यक्रममा कांग्रेस झापा जिल्ला उपसभापति शेर बहादुर भट्टराई, क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारी, नगर सभापति प्रकाश प्रसाई, जिल्ला सदस्य राजकुमार गौतम सहित वडाका क्षेत्रीय प्रतिनिधी, वडाका पदाधिकारी तथा सदस्य र टोल सभापतिहरुको उपस्थिती रहेको थियो । त्यसैगरी कांग्रेस, नेकपा एकीकृत ( समाजवादी), राप्रपा लगायतका दलहरुको संयुक्त प्रतिनिधि मण्डलले दमक ३ का वडाध्यक्ष नबिन बराल गायत जनप्रतिनिधिहरुसंग वडाका समसामयिक बिषयमा अन्तरक्रिया गर्दै ज्ञापन पत्र बुझाएको छ ।
नेपाली कांग्रेसका वडा सभापति गोपाल गिरी, एकीकृत समाजवादीका जिल्ला सदस्य केशव दाहाल, नेकपा माओवादी केन्द्रका अनिल थापा मगर, राप्रपाका सन्त बस्नेतले संयुक्त रुपमा हस्ताक्षर गरेको ज्ञापन पत्र वडाध्यक्ष नबिल बराललाई र ढुकुरपानी माविका प्रधानाध्यापकलाई बुझाएको जनाइएको छ । सो अवसरमा कांग्रेसकी क्षेत्रीय प्रतिनिधि तथा महिला नेतृ लता चापागाइँ पनि सहभागी थिइन ।

