पथरीशनिश्चरे / १ नं प्रदेशका यातायात ब्यवस्था तथा संचार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले मोरङको पथरीशनिश्चरे नगर अस्पतालको अवलोकन गरेका छन । विहीवार प्रदेशका नवनियुक्त मन्त्री घिमिरेले नगर प्रमुख दिलीपकुमार राई, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, अस्पताल निर्माण रेखदेख समिती संयोजक बाबुराम राई सहित संग नव निर्मित अस्पतालको भवनका बारेमा जानकारी लिएका हुन । उक्त अवसरमा त्यसको भौतिक व्यवस्थापनमा पहल गर्न सम्बन्धित मन्त्रालयमा जानकारी गराउने बताए । सोहि क्रममा स्थानीयले जग्गादान गरि अस्पताल निर्माणमा पुर्याएको योगदान र हाल भैरहेको प्रगतिको समेत प्रसंशा गरे ।
