सुनसरी/ कोशी गाँउपालिका–६ स्थित पुर्व पश्चिम राजमार्गमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन ।  मृत्यु हुनेमा सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका ५ का ५० बर्षीय दिलिप मण्डल रहेका छन् । घाईते हुनेहरुमा कंकालिनी नगरपालिका ५ कै ६० बर्षीय लक्ष्मण साफी, ३६ बर्षीय राजेश मेहता, ४४ बर्षीय राम कुमार रजक, ४८ बर्षीया राम कुमारी देवी रजक र ५० बर्षीय उमेश कुमार साफी रहेका छन् । घाईतेहरुको जिल्ला अस्पताल ईनरुवा सुनसरीमा उपचार भई रहेको छ । मंगलबार राती ९ बजे पश्चिमबाट पुर्बतर्फ आउदै गरेको प्रदेश नं. २–०१–००१ च ००३१ नम्बरको स्कार्पियो गाडी रोकि राखेको भारतिय ट्रकसंग ठोक्किदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

Facebook Comments Box