दमक/ नेकपा माओवादी केन्द्रले झापाका पालिकाहरुमा पार्टीका इञ्चार्ज र सहइञ्चार्जहरु तोकेको छ । पार्टीको १ नम्बर प्रदेश कमिटीको बैठकले सबै पालिकाहरुमा जिम्मेवारी तोकेको हो । बैठकले दमक नगर इञ्चार्जको जिम्मेवारी बेदु गौतमलाई र सहइञ्चार्जको जिम्मेवारी तिर्थराज बस्नेत शंकरलाई दिएको छ । त्यस्तै गौरादह नगरमा पुष्प ढकाललाई इञ्चार्ज र माधव भट्टराईलाई सह इञ्चार्ज तोकेको छ भने कमलमा प्रताप सुब्बालाई इञ्चार्ज तोकेको छ । गौरीगञ्ज इञ्चार्जको जिम्मेवारी बिद्यानन्द राजवंशीले पाएका छन भने सहइञ्चार्जमा चन्द्रमोहन राजवंशी र नरेन्द्र डागीले जिम्मेवारी पाएका छन । यसैबीच गौरीगञ्जमा माओवादी केन्द्रको गाउ कमिटीमा पनि नया नेतृत्व चयन भएको छ । किनालाल राजवंशीको अध्यक्षतामा गठित कमिटीको उपाध्यक्षमा कुलप्रसाद गिरी, नारायण राजवंशी र कल्पना राई , सचिवमा राजेन्द्र राई , सहसचिवमा भिम बहादुर राजवंशी र कोषाध्यक्षमा टंक बहादुर थापा चयन भएका छन ।

 

Facebook Comments Box