कमल/ हावाहुरीका कारण घर भत्किएपछि विचल्लीमा परेका झापाको कमल ७ का दुई परिवारलाई नेपाल रेडक्रस सोसाइटी ले राहत उपलब्ध गराएको छ ।  कमल गाउँपालिका वडा न. ७ मियाबस्ती बस्ने दुई जना ठटाल परिवारको घरको छानो २१ माघमा आएको हावाहुरीका कारण भत्किएको थियो ।   रेडक्रस सोसाईटी उपशाखा लखनपुरले राहत दिएको  हो ।  मिठुमाया ठटाल र उर्मिला ठटालको घरको टिनको छाना उडाईएपछि विपत्तिमा परेपछि रेडक्रस टोलीले राहत त्रिपाल र कम्बल उपलव्ध गराईएको सचिव पारषमणि राईले बतए ।
राहत सामाग्री नेरेसो लखनपुरका सभापति चन्द्र साह ,सल्लाहकार हुकुमसिंह राई लगायतले हस्तान्तरण गरेका थिए । राहत हस्तान्तरण कार्यक्रममा रेडक्रस लखनपुरका कोषाध्यक्ष प्रमोदकुमार दहाल ,आजीवन सदस्य दिनेस दहाल तथा सरस्वती माबिका शिक्षक धनप्रसाद भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box