ताप्लेजुङ/ ताप्लेजुङको फुङलिङ नगरपालिका–५ मा बिद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–४ का ४८ बर्षिय सुर्य प्रकाश लिम्बुको मृत्यु भएको हो । आज बिहान साढे ११ बजे बिद्युतको पोलमा चढेर तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका लिम्बुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा मृत्यु भएको हो ।