दमक/ दमक नगरपालिका वडा नं १ डाँडागाउँ एकता टोलबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
२६ बर्षीय प्रकाश सिटौलालाई लागुऔषध सहित पक्राउ गरिएको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार शनिबार बेलुका साढे ६ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनको घर कोठाबाट NITRAVET–  ७५ ट्याब्लेट र ESKUF 100 ml को ७ बोतल फेला पारेको थियो । पक्राउ परेका सिटौलालाई ईलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाइएको जनाइएको छ ।

 

Facebook Comments Box