दमक/ काँकरभिट्टाबाट जाँदै गरेको यात्रुहबहाक बस र सिमेन्ट बोकेको ट्रक एकापसमा ठोक्किएर भएको आगलागीका कारण मृत्यु भएका तीन जना मध्ये दुई जना र घाईते १३ जनाको पहिचान भएको छ ।
सुनसरीको भोक्राहानरसिंह नगरपालिका वडा नं ३ र ६ को सिमाना खुनया खोलाको पूल नजिकै शुक्रबार राती करिब साढे ७ बजे भएको सो घटनामा मृत्यु हुने पाँचथरका सुरेन राई र ट्रक चालक बारा निजगढ ९ का २७ बर्षिय शेख फिरोजको सनाखत भएको हो । ना ५ ख २९९६ नम्बरको सिमेन्ट बोकेको ट्रक र पुर्ब बाट पश्चिम तर्फ आउदै गरेको ना ८ ख ८४९३ नं. को यात्रुबाहक बस आपसमा ठोक्किएर भएको सो घटनाका कारण भएको अवरोध राती ११ .३० बजे मात्रै खुलेको थियो ।
हेर्नुहोस घाईते १३ जनाको नाम र ठेगाना
१, बस कन्डक्टर झापा मेनपा ४ बस्ने बर्ष ३६ को रबिन ढुङ्गेल ( सामान्य, नोबेल
अस्पताल )
२, जि. मोरङ सुहनपा ९ बस्ने बर्ष २२ को बिक्रम कटवाल ( सामान्य, न्युरो ) ३,
बसमा सबार जि. दोलखा बिगु ७ बस्ने बर्ष ५६ को मिङमा शेर्पा ( सामान्य, न्युरो )
४, बसमा सबार जि. बारा निजगढ ९ बस्ने बर्ष ४० को दिपक श्रेष्ठ ( सामान्य, न्युरो )
५, बसका सहचालक उदयपुर चौदण्डीगढी ४ बस्ने बर्ष २२ को दिल कुमार बिक ( सामान्य, न्युरो )
६, बसमा सबार महोतरी मठियानी ६ बस्ने बर्ष २९ को राहुल कुमार मण्डल ( सामान्य न्युरो )
७, काठमाण्डौ ३० बस्ने बर्ष ५० को सादकन मिया ( सामान्य, न्युरो )
८, बसमा सबार भारत बस्ने बर्ष ४२ की मुना प्रधान ( सामान्य, न्युरो )
९, बसमा सबार ऐ.ऐ. बस्ने बर्ष ६० को उमेश लामा ( सामान्य, न्युरो ) १०, बसमा सबार ऐ.ऐ. बस्ने बर्ष ६५ की
अमृता लामा ( सामान्य, न्युरो )
११, बसमा सबार जि. पाँचथर फिदिम १० बस्ने बर्ष ३८ को पेवाहाङ जगेबु ( सामान्य, जि. अस्पताल )
१२, बसमा सबार तेह्रथुम दाङगोपा ९ बस्ने बर्ष ३३ को जित बहादुर लिम्बु ( सामान्य, जि. अस्पताल )
बसमा सबार जि. ईलाम माई नपा–४ बस्ने बर्ष ४४ को गोपाल दाहाल ( सामान्य )