काठमाडौं/ पछिल्लो साता वाणिज्य बैंकहरुको निक्षेप संकलन ३ अर्ब रुपैयाँले घटेको छ। माघको सुरुवातदेखि नै घट्न थालेको निक्षेप संकलन गत साता पनि घट्न पुगेको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार माघ ७ गतेसम्ममा ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको निक्षेप संकलन माघ १४ गतेसम्ममा घटेर ४३ खर्ब ८ अर्ब रुपैयाँमा झरेको छ।  बैंकहरुको कर्जा लगानी भने ४ अर्ब रुपैयाँले बढेको छ। गत साता बैंकहरुको कर्जा लगानी ४१ खर्ब ४४ अर्ब रुपैयाँबाट बढेर ४१ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ।

पछिल्लो समय बैंकहरुमा निक्षेप संकलन बढ्न नसक्दा बैंकहरुमा लगानीयोग्य रकम अभाव कम हुँदै गएको छ। माघ पहिलो साता पनि बैंकहरुको निक्षेप संकलन १३ अर्ब रुपैयाँले घटेको थियो। यो दुई सातामा बैंकहरुको निक्षेप संकलन १६ अर्ब रुपैयाँले घटिसकेको छ भने कर्जा लगानी ५ अर्ब रुपैयाँले बढेको छ। बैंकहरुमा निक्षेप संकलन बढ्न नसक्दा बैंकहरुको औषत सिडि रेशियो ९० प्रतिशतभन्दा माथि पुगेको छ। केन्द्रिय बैंकको तथ्याङ्क अनुसार शुक्रबारसम्ममा बैंकहरुको सिडि रेशियो ९०.२९ प्रतिशत पुगेको छ।राष्ट्र बैंकले आगामी असार मशान्तभित्रमा बैंकहरुले सिडि रेशियो ९० प्रतिशतभन्दा कम कायम गर्नु व्यवस्था गरेको छ।

Facebook Comments Box