दमक/दमक उद्योग बाणिज्य संघ दमकले ईलाका ट्राफिक प्रहरी कार्यालय दमकलाई एक थान प्रिन्टर उपलब्ध गराएको छ ।
संघको कार्यालयमा सोमबार आयोजित संक्षिप्त कार्यक्रममा अध्यक्ष गोकुल श्रेष्ठले फोटोकपि, स्क्यान र प्रिन्ट गर्न मिल्ने बहुउपयोगी प्रिन्टर ईलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव निरिक्षक सुन्दर श्याम पोखरेललाई हस्तान्तरण गरेका हुन । अध्यक्ष श्रेष्ठले नागरिकसंग प्रत्यक्ष जोडिएको ट्राफिक कार्यालयको कार्य सम्पादनमा सहजताका लागि सो सामग्री हस्तान्तरण गरिएको बताए । कार्यक्रममा ईलाका ट्राफिक प्रहरी कार्यालय दमक प्रमुख पोखरेलले संघको सो सहयोगप्रति आभार व्यक्त गरे । कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईं, द्वितिय उपाध्यक्ष राजु खड्का, तृतीय उपाध्यक्ष रमा लिम्बु, ईलाका ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण समिति सचिव तथा बाणिज्य संघका कार्य समिति सदस्य चन्द्र खत्री लगायत बाणिज्य संघका पदाधिकारी तथा सदस्यहरु सहभागी थिए ।
