गौरादह/ गौरादह जेसीज बर्ष २०२२ को नेतृत्व विनिता कटुवालले सम्हालेकी छन । सर्वसम्मत रुपमा नेतृत्व चयन भएको गौरादह जेसीजको शनिबार भएको ९ औं पद हस्तान्तरणसंगै उनले जेसीजको बिधान अनुसार एक बर्षे कार्यकालको लागि अध्यक्ष पद सम्हालेकी हुन । उनी गौरादह जेसीजको अध्यक्षमा चुनिने पहिलो महिला भएकी छिन । कटुवाललाई गौरादह नगर प्रमुख रोहितकुमार साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गौरादह जेसीजका निवर्तमान अध्यक्ष एकराज घिमिरेले पद हस्तान्तरण गरेका थिए ।
कार्यकारिणी उपाध्यक्षद्धयमा दुर्लभ कार्की र दिपेश पोखरेल उपाध्यक्षहरुमा साजन चुँडाल, एकता पोखरेल,सुमन खत्री र निशान अधिकारी र जनसम्पर्क अधिकारीमा बिक्रम तिवारी सर्वसम्मत रूपमा चयन भएका थिए । अध्यक्ष कटुवालले सल्लाहकारमा सञ्जिवबहादुर कार्की महासचिवमा जेसी खड्गबहादुर थापा कानुनी सल्लाहकारमा युवराज वास्तोला, कोषाध्यक्षमा भानु आचार्य र सचिवमा सरिता कार्कीलाई मनोनित गरेकी छिन । ९ औं साधारण सभाबाट निर्वाचित तथा मनोनित सम्पूर्ण पदाधिकारीहरुको कार्यसमितिले पूर्णता पाएपछि शनिबार पदभार तथा सपथ ग्रहण तथा सन २०२१ का विभिन्न बिधामा उत्कृष्टहरुलाई पुरस्कार वितरण समारोह गरिएको थियो ।

