दमक/ झापा र मोरङका अलग अलग ठाउँमा हाँगा काटन रुखमा चढेका दुई जनाको लडेर ज्यान गएको छ । मेचीनगर नगरपालिका ३ दुधे गोलाटारका ४२ बर्षीय मेघेन्द्र बिकको लाम्पातेको रुखको हाँगा झार्ने क्रममा लडेर मृत्यु भएको हो । शनिबार रुखबाट लडेर गम्भिर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ । त्यसैगरी शनिबार दिउँसो सवा १२ बजे मोरङ मिक्लाजुङ गाउँपालिका ४ दैत्यस्थित सिरान जंगलमा खिरीको रुखमा चढेर घास काट्ने क्रममा सोही ठाउँका ४८ बर्षीय धन बहादुर बिश्वकर्माको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box