दमक/ दमक बहुमुखी क्याम्पसमा क्रियाशील पाँच बिद्यार्थी संगठनहरुले बिद्यार्थी हक हितका विभिन्न बिषयमा उठाएका साझा एजेण्डाहरुका बिषयमा क्याम्पस प्रशासनसंग माघ १० मा भएको लिखित सहमति कार्यान्वयनमा भएको प्रगतिका बारेमा बिहिबार पुन स्थलगत रुपमै जानकारी लिएका छन ।

क्याम्पसमा नेविसंघ, अनेरास्ववियु , अखिल क्रान्तिकारी, समाजवादी बिद्यार्थी युनियन र अखिल छैठौंले संयुक्त रुपमा उठाएका छात्रवृत्ती वितरण, बिद्यार्थीहरुलाई यातायातको सहज व्यवस्थापन, क्याम्पसमा व्यवस्थित शौचालय, पर्याप्त पाठयपुस्तक, बिद्यार्थी कल्याण कोष, कोरोना विशेष कोष लगायत बिषयमा १० माघमा भएको सहमति कार्यान्वयनमा दबाबका लागि बिहिबार स्थलगत रुपमै जानकारी लिइएको आन्दोलनका घटक मध्येको एक नेविसंघका इकाई सभापति अतित वान्तवा राईले जानकारी दिए । उनका अनुसार यातायातमा सहजताका लागि यसअघि भएको छलफलका क्रममा गरिएको सहमतिको कार्यान्वयनका लागि सरोकारवाला पक्षलाई खबरदारी समेत गरिएको छ । यस अघि भएको सहमति अनुसार १५ माघ भित्रमा ४ लाख रुपैयाँ बराबरको कोरोना कोष स्थापना गर्ने, फिल्ड वर्कमा आवतजावतका लागि क्याम्पसमा रहेको बस उपलब्ध गराउने, महिला मैत्री शौचालय, खानेपानी तथा सरसफाईको व्यवस्था गर्ने लगायतका बिषयमा यस अघि क्याम्पस प्रशासन र बिद्यार्थी संगठनका प्रतिनिधिहरुबीच लिखित सहमति भएको थियो ।

Facebook Comments Box