दमक/ पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिको विरोध र स्थानीय तहको निर्वाचन समयमै गराउन खबरदारी गर्दै प्रतिपक्षी दल नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्वबियु दमक नगर कमिटीको संयुक्त को आयोजनामा बिहिबार दमकको गणतन्त्र चोकमा विरोध प्रदर्शनसहित कोण सभा सम्पन्न भएको छ ।
विरोध कार्यक्रमलाई ति संगठनका नेताहरुले सम्बोधन गर्दै तत्काल मुल्य बृद्धि फिर्ता लिन र जनहित विपरितका कामहरु बन्द गर्न चेतावनी दिए ।
विरोध प्रदर्शनमा राष्ट्रिय युवा संघ नेपाल पूर्व केन्द्रीय सचिव सुनिता कार्की, युवा संघका झापा जिल्ला अध्यक्ष सागर पोर्तेल, नेकपा एमाले दमक नगर कमिटी उपाध्यक्ष दिपेश दाहाल र अनेरास्वबियु जिल्ला अध्यक्ष रोशन लामाले सरकारको रवैया विरुद्ध चेतावनी दिएका थिए । बढदो महंगी र स्थानीय तहको निर्वाचन नगर्ने वर्तमान गठबन्धन सरकारको चलखेलका विरुद्ध विरोध युवा बिद्यार्थीहरु प्रदर्शनमा उत्रिनु परेको राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय महामधिवेशन आयोजक समिति सदस्य जमुना निरौला अधिकारीले बताइन ।

Facebook Comments Box