काठमाडौं/देशभर कोरोनाका सक्रिय संक्रमित को संख्या ९० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भए संगै सक्रिय संक्रमितको संख्या ९० हजार ५७६ जना पुगेको हो । देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६८७ जना पुगेको जनाएको छ । यस्तै, स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।