दमक/ दमक २ निवासी राजनीतिक तथा सामाजिक व्यक्तित्व अगम प्रसाद आङदेम्बेको निधन भएको छ । नेपाली कांग्रेस दमक २ का पूर्व वडा सभापति समेत रहेका आङदेम्बेको हिजो बुधबार राती ९ बजे विएण्डसी अस्पताल विर्तामोडमा उपचारका क्रममा निधन भएको हो ।
७३ बर्षिय आङदेम्बे विगत केही बर्षदेखि क्यान्सर रोगबाट पीडित थिए । स्व. आङदेम्बेका दुई छोराहरु रामकुमार र सुरेशकुमार आङदेम्बे हाल बेलायतमा छन । उनको शनिबार बिहान घर नजिकै समाधिस्थलमा परम्परा अनुसार अन्त्येष्टी गरिने कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेकी स्वर्गीय आङदेम्बेकी भतिजी रमा लिम्बुले जानकारी दिइन ।

 

Facebook Comments Box