दमक/ पूर्वी पहाडी बजार रविमा २० बर्ष भन्दा लामो समय व्यवसाय सञ्चालन गरेर स्थापित बनेका निरानन्द घिमिरेले दमकमा घिमिरे ट्रेड एण्ड सप्लायर्स सञ्चालनमा ल्याएका छन ।
दमक १ स्थित नगरपालिका कार्यालयको प्रवेशद्धार नजिकै बिहिबारदेखि सञ्चालनमा आएको सो सप्लायर्सको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकूल श्रेष्ठले औपचारिक उदघाटन गर्दै आगामी दिनमा व्यवसायिक क्षेत्रमा थफ सफलताको शुभकामना व्यक्त गरेका छन । आधुनिक प्रविधिको युगलाई पछयाउँदै सो सप्लायर्समा विभिन्न ब्राण्डका मोवाइल, टिभी, फ्रिज, वासिङ मेसिन तथा घन्य घरायसी प्रयोजनका सामग्रीहरु उपलब्ध गराइने प्रोप्राइटर घिमिरेले जानकारी गराए । उदघाटनका अवसरमा दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँ, मोवाइल व्यवसायी संघका अध्यक्ष भेनस श्रेष्ठ, खेम सापकोटा लगायत व्यवसायी प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।



