पथरीशनिश्चरे
मोरङको पथरीशनिश्चरे न.पा. स्थित रेडस्टार मा.वि. ले शिक्षा विभागसंगको समन्वयमा ब्रिटिश काउन्सिलले प्रदान गर्ने इन्टरनेशनल स्कुल अवार्ड जितेको छ । बेलायतबाट प्रदान गरिने यो अवार्डको लागि सन् २०२०—२१ मा विभिन्न परियोजनात्मक कार्यहरु सञ्चालन तथा सम्पादन गरि सकेको रेडस्टारले आगामी ३ वर्षका लागि पुर्वोत्तर मोरङमै संस्थागत तथा सामुदायिक विद्यालयहरु मध्येबाट पहिलो पटक फूल इन्टरनेशनल अवार्ड हात पारेको हो ।
नेपाल सरकार शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, शिक्षा तथा मानव संसाधन केन्द्रको प्रत्यक्ष संलग्नता र ब्रिटिश काउन्सिल नेपालको आयोजनामा एक समारोहको बिच भर्चुअल माध्यममार्पmत मिति २०७८÷१०÷१० गते नतिजा सार्वजनिक भएको र नतिजा ब्रिटिश काउन्सिलको वेबसाइटमा पनि हेर्न सकिने रेडस्टार मा.वि.का प्रबन्ध निर्देशक÷प्रधानाध्यापक टि.एन. तिम्सिनाले जानकारी दिए ।
सो आइ.एस.ए. अवार्ड घोषणा कायक्रमको प्रमुख अतिथिका रुपमा शिक्षा तथा मानव संसाधन विकास केन्द्रका महा—निर्देशक चुडामणी पौडेल , अतिथिहरुमा ब्रिटिश काउन्सिल नेपालकी कन्ट्री–डाइरेक्टर साइदा मेकडोगल र साउथ एसिया ब्रिटिश काउन्सिलकी रिजनल एडुकेशन एन्ड इङ्लिस एकेडमी लिड एमिला एटफुट रहेका थिए ।
विद्यालयस्तरको शिक्षण पद्वतिलाई समय सापेक्ष विश्व व्यापीकरण गर्दै एक देशको शिक्षण पद्वति अर्को देशको विद्यालयसंग जोड्नका लागि आइ.एस.ए. ले परियोजनात्मक कार्यद्वारा असल संस्कार सहितको जिवनोपयोगी शिक्षालाई प्रोत्साहन गर्दै आएको छ । जस अन्तर्गत रेडस्टार मा.वि. का विद्यार्थीहरुले ‘कनेक्टिङ क्लासरुम’ मार्फत आफ्नो कक्षाकोठाको सिकाइलाई भर्चूअल रुपमा पाकिस्तान, भारत, बेलायत लगायतका आफ्ना पार्टनर स्कुलका कक्षाकोठासंग जोडी एक आपसमा सिकाइ आदान प्रदान गर्ने गरेको विद्यालयका आइ.एस.ए. को–अर्डिनेटर राजु तिम्सिनाले बताए । विद्यार्थीहरुले पार्टनर स्कुलसंग संयुक्त परीयोजनात्मक कार्य सञ्चालन गरि एक अर्काको देशको संस्कृति, परम्परा, सम्पदा, भाषा, प्रविधि तथा सिकाइका नयाँ नयाँ तरिकाहरु हरेक परियोजनाको संयोजक समेत रहेका शिक्षकहरुको सहयोगमा आदान प्रदान गर्ने गरिएको एक परियोजना संयोजक तथा शिक्षिका सुना लावतीले बताइन ।
केहि वर्ष अघि कक्षा १२ को बोर्ड परीक्षाको नतिजामा सो बिद्यालयले व्यवस्थापन संकायतर्फत प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो । यो विद्यालय यस वर्षको लागि मोरङमै एकमात्र आइ.एस.ए. अवार्ड पाउने विद्यालय बनेको सहायक प्रधानाध्यापक बसन्त मादेनले आभार व्यक्त गरेका छन । अन्तराष्ट्रिय स्तरको अवार्ड प्राप्त भएसंगै ब्रिटिश काउन्सिलको प्रत्यक्ष निगरानीमा पाठ्यक्रममा आधारित विभिन्न परियोजनात्मक कार्यहरु गरि विद्यार्थी केन्द्रित सिकाइ गर्न अझै सहज हुने शिक्षिका सरिता भट्टराईले बताइन ।
महिला ससक्तिकरण परियोजना अन्तर्गत कक्षा ९ र १० का विद्यार्थीहरुसंग प्रत्यक्ष अन्तरव्रिmयामा सहभागी भएकी पथरीशनिश्चरे नगरपालिकाको उप–प्रमुख यमुना बिष्ट बास्तोलाले पथरीशनिश्चरे नगरपालिको तर्फबाट नगरमै पहिलो पटक अन्तराष्ट्रिय स्तरको स्कुल अवार्ड प्राप्त गर्न सफल भएकोमा बधाई ज्ञापन गरेकी छिन ।

Facebook Comments Box