दमक/जंगली हात्तीको आक्रमणबाट दमक ३ दुम्सेमा आज मंगलबार राती एक जनाको ज्यान गएको छ । दमक ३ गोलाटारका ६२ बर्षिय गणेश अधिकारीको राती करिब साढे ८ बजे हंसेदुम्से वनबाट निस्किएको जंगली हात्तीको आक्रमणबाट ज्यान गएको दमक ३ का वडाध्यक्ष नविन बरालले जानकारी दिए ।
उनका अनुसार मकैमा पानी लगाउनका लागि बारीमा निस्किएको बेला धिकारीलाई हात्तीले आक्रमण गरेको थियो । मकैबारीमा आएर बसेको हात्तीको आक्रमणबाट अधिकारीको घटनास्थलमा नै ज्यान गएको थियो । सो क्षेत्रमा बर्षेनी हात्तीको आक्रमणबाट सर्वसाधारणको ज्यान जाने गरेको छ ।

 

Facebook Comments Box