ताप्लेजुङ/ मेरिङदिन गाउँपालिका–३ मा आज दिउँसो भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ताप्लेजुङको साँवाबाट दोभान तर्फ आउँदै गरेको मे १ त ७४६१ नम्बरको ट्याक्टर दिउँसो सवा १ बजे दोभान साँवा सडक खण्डको खाम्लुङमा आफै अनियन्त्रित भएर दुर्घटना हुँदा मेरिङदिन गाउँपालिका–१ का ४५ बर्षीय च्याम्जु भन्ने निमा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा सोही ट्याक्टरका चालक र सहचालक घाईते भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

 

Facebook Comments Box