दमक/ कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले माघ १६ गतेदेखि २० गतेसम्म विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।
मंगलबार गृहमन्त्री बालकृष्ण खाणको संयोजकत्वमा बसेको सीसीएमसीसीको बैठकले कोभिड विरुद्धको खोप अभियान सञ्चालनका लागि माघ १६ देखि २० गतेसम्म विद्यालय संचालन गर्ने निर्णय गरेको हो ।कोरोना संक्रमण बढेसँगै सीसीएमसीसीले यसअघि माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारले १२ देखि १८ वर्ष भित्रका विद्यार्थीलाई कोराना विरुद्धको खोप प्रदान गर्ने कार्यक्रम तय गरेको छ । सोही कार्यक्रम अन्र्तगत माघ १६ गतेदेखि विद्यार्थीलाई खोप प्रदान गर्ने तयारी गरिएको हो । यसअघि बन्द गरिसकिएका विद्यालय खोप अभियान अवधिभरका लागि संचालन गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले जानकारी दिए । त्यस्तै सीसीएमसीले यही माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको छ । बैठकमा लक्षित बर्गलाई कोभिड–१९ विरुद्ध बुस्टर डोज कसरी पु¥याउने विषयमा पनि छलफल भएको छ ।

 

Facebook Comments Box