दमक/ झापाको कचनकवल ४ केचना बजारमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना गम्भिर घाईते भएका छन । टाफिक प्रहरीका अनुसार दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको BR37C 9008 नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको BR37E 1894 नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा भारतको कादोगाउँका सञ्जिव सिंहको मृत्यु भएको हो ।
मंगलबार दिउँसो भएको सो दुर्घटनाका घाईते सिंहको उपचारको क्रममा राती करिब साढे ९ बजे मृत्यु भएको हो । सोही दुर्घटनामा कचनकवल –४ का ३० बर्षिय प्रदिप गणेश , भारतीय नागरिक हरण गणेश र एमडी ओकिल मिया गम्भिर घाईते भएका हुन । ति मोटरसाइकलका चालकले मादकपदार्थ सेवन गरेको पाइएको टाफिक प्रहरी कार्यालय प्रदेश नं १ इटहरीले जनाएको छ । त्यसैगरी भद्रपुर ३ ज्ञानेचोकमा मे ३ प १५३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका छन । दुर्घटनामा कचनकवल ६ का अस्नव अन्सारी र भारतीय नागरिक नासुब खातुन घाईते भएका हुन ।

Facebook Comments Box