दमक/ सुनसरी र मोरंगका दुइ ठाउबाट प्रहरीले लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । बराहक्षेत्र नगरपालिका-१० प्रकाशपुर र बराहक्षेत्र-७ बाङ्गे स्थितबाट नियन्त्रित लागु औषध सहित २ जनालाई पक्राउ गरिएको छ । हिजो दिउँसो प्रहरी चौकी प्रकाशपुरबाट खटिएको गस्ति टोलीले चेकजाँचको क्रममा बराहक्षेत्र-१० का २१ बर्षीय मिन बहादुर राईको साथबाट स्पाईसनो -९६ टयाब्लेट, नाइट्रोजन- ५० टयाब्लेट र डाईजोपाम १६ थान सहित पक्राउ गरेको हो भने प्रहरी चौकी बाङ्गेबाट खटिएको गस्ति टोलीले बराहक्षेत्र-७ बाङ्गेका २३ बर्षीय अनिश बिष्टलाई एसपि ९ टयाब्लेट, एमभल्ब १२७ थान सहित पक्राउ गरेको छ । प्रतिवन्धित लागु औषध सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको छ ।
त्यसैगरी मोरङको रतुवामाई नगरपालिका-९ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा उर्लावारी नगरपालिका-३ का ३६ बर्षीय तारानिधि गुरागाई र ३५ बर्षीय बिदेश लिम्वु रहेका छन । प्रहरी चौकी इटहराबाट खटिएको गस्ति टोलीले शंका लागि मे.२ प ४८०४ नम्वरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकल पछाडि सवार रहेका लिम्बुको साथबाट नाईटाभेट-४६ पत्ता (६९० चक्की) फेला पारेको थियो । प्रतिबन्धित लागुऔषध नाईटाभेट सहित पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।